News Portal

  • बर्दियामा प्रेसरकुकर बम फेला

    डबली सम्बाददाता
    ३६२ पटक

    बर्दिया । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (म‌ंगलबार) आव्हान गरेको बन्दका क्रममा बर्दियाको गुलरिया नगरपालिका स्थित हुलाकी मार्गमा प्रेसर कुकर बम फेला परेको छ । वन कार्यालय नजिक आज बिहान बम फेला परेको प्रहरीले जनाएको हो ।

    राजमार्गमा बोराले छोपेर प्रेसर कुकर राखिएको छ। बम राखिएपछि सुरक्षाकर्मीले यहाँबाट आउजाउ गर्न सर्वसाधरणलाई रोक लगाएको छ। बम निस्क्रिय पार्न सेनाको टोली घटनास्थल पुगेको छ।

    यसैगरी बारबर्दिया नगरपालिका कतरनियास्थित कालिका मन्दिर नजिक शंकास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा पनि प्रहरी पुगेको छ।

    यसै बीच बन्दले बिहान देखि पूर्वपश्चिम र हुलाकी मार्गमा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्। पसल, कलकारखाना, शिक्षण संस्था बन्द छन्। जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्