आज :

दुर्घटनामा परी एक वृद्धको मृत्यु

महोत्तरी । औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ ।

बिहानै सम्सी गौशाला सडकखण्ड अन्तर्गत औरही नगरपालिका-४ बैरियामा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षिय गनौर रायको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट उनको मृत्यु भए तापनि गाडीको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । उनको टाउकोमा गम्भीर चोट लागेकाले घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal