News Portal

  • आफ्नै दाजुमाथि खुर्पा प्रहार

    १७९ पटक

    काठमाडौं । चितवनमा एक युवकले बच्चाको विषयलाई लिएर आफ्नै दाजुलाई खुर्पा प्रहार गरेका छन् ।

    ईच्छाकामना गाउँपालिका-२ छापडाँडा बस्ने ३२ वर्षिय जित बहादुर चेपाङलाई उनकै २८ वर्षिय भाई मित्रबहादुरले खुर्पा प्रहार गरेका हुन् ।

    खुर्पा प्रहार गर्ने चेपाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । बच्चाको विषयलाई लिएर भएको वादविवादमा मित्र बहादुरले खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।

    खुर्पा प्रहारबाट घाइते जितबहादुरलाई उपचारको लागि भरतपुर लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्