आज :

ब्राजिलका १९० शहरमा सरकारविरुद्ध विरोध प्रदर्शन

काठमाडौं । ब्राजिलमा सरकारविरुद्ध चर्को रुपमा विरोध प्रदर्शन शुरु भएको छ । सरकारले प्रस्ताव गरेको सामाजिक सुरक्षा सुधारविरुद्ध त्यहाँका स्थानीयले देशव्यापी विरोध प्रदर्शन गरेका हुन् ।

ब्राजिलका सबै राज्यका कम्तीमा १९० सहरमा विरोध प्रदर्शन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विरोध प्रदर्शनका क्रममा १९ वटा राज्यका यातायात सेवा, सहरी रेलसेवा आदिमा अवरोध सिर्जना भएको छ । सार्वजनिक तथा अधिकांश निजी विद्यालय पनि बन्द भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक क्षेत्रमा सरकारी लगानी कटौती गर्ने प्रस्तावको विरोधमा आयोजित प्रदर्शन शान्तिपूर्ण नै रहेको जनाइएको छ । ब्राजिलमा दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारो सत्तामा रहेयता ब्राजिलका जनताले सरकारविरुद्ध विभिन्न आन्दोलन चर्काउँदै आएका छन् ।

उनी राष्ट्रपति भएपछि देशव्यापी आन्दोलन भएको यो तेस्रो घटना हो । यसअघि विश्वविद्यालयको बजेट कटौतीको विरोधमा पनि ब्राजिलका जनता सरकारको विरोधमा उत्रेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal