आज :

धनगढीमा उपचारका क्रममा एकको मृत्यु

कैलाली । प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

भारतबाट लागुऔषध खरीद गरी ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका-२ का ३७ वर्षिय सन्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले ब्राउन सुगर मलद्वारभित्र प्लाष्टिकमा लुकाएर राखेको पाएपछि अस्पतालमा चिकित्सकको सहयोगमा निकालिएको थियो । पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका उनी लागुऔषध सेवनकर्ता पनि रहेको बताइको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal