
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ भतेरीमा गएराति २ बस ठोक्किँदा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट बर्दियाको गुलरियातर्फ जाँदै गरेको ना ७ ख ९०७ नं.को बस र महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ३०९९ नं.को बस आपसमा ठोक्किएका हुन् ।
घाइतेमध्ये ४ जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।