आज :

समता अस्पताल मृत्यु प्रकरण : अस्पताल सञ्चालककी पत्नीसहित ३ महिलाविरुद्ध मुद्दा दायर

काठमाडौं । जोरपाटीस्थित समता अस्पतालमा कार्यरत रामेछापकी विमला तामाङको मृत्युका विषयमा ३ जना महिलामाथि अनुसन्धान थालिएको छ ।

प्रहरी परिसर टेकुले आज उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दासहितको फाइल काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको छ । मृतक विमला तामाङको खल्तीमा भेटिएको सुसाइड नोटमा नाम उल्लेख गरिएकी ३ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

जसमा समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला संजेलसहित ३ जना रहेका छन् । नियमित काममा गएकी विमला कार्यालय समयपछि घर नआएको र विगत केही सातादेखि ताला लगाएको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

उनले आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ । सहमति नभएसम्म शव नबुझ्ने अडान लिएको परिवारले अस्पताल प्रशासनले मृतकका बालबालिकाको पालनपोषणको र दोषी भनिएकाहरुमाथि कारबाहीको विषयमा सहमति गरेपछि उनको दाह संस्कार गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal