आज :

पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना पूर्वअध्यक्ष एवं पूर्वशिक्षामन्त्री धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

गत जेठ ३१ गते पूर्वमन्त्री पौडेलको चितवनको माडीस्थित घरमा हृदयघातका कारण निधन भएको थियो । शुक्रबार राजधानीमा अनेरास्ववियू केन्द्रीय कमिटीले गरेको श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराई लगायतका नेताहरुले स्वर्गीय पौडेलको स्मरण गरेक छन् ।

श्रद्धाञ्जली कार्यक्रममा नेता भट्टराईले पौडेलको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताए । नेकपाका अर्का नेता लिलामणि पोखरेलले पौडेल एक असाध्यै अध्ययनशील, क्षमतावान र कर्मठ नेताको रुपमा विकास भइसकेका नेता भएको बताए ।

त्यस्तै श्रद्धाञ्जलीसभा अनेरास्ववियू (क्रान्तिकारी) का पूर्वअध्यक्ष रमेश मल्ल, अनेरास्ववियू संयोजक ऐन महर र अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले स्वर्गीय पौडेलको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal