काठमाडौं । अमेरिकी मिडिया रिपोर्टका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ईरानमाथि जवाफी आक्रमण गर्न आदेश दिए र केही समयपछि उक्त आदेश फिर्ता लिएका छन् ।
उनले जवाफी सैन्य कारबाहीका लागि अनुमति दिए पनि अधिकारीहरुसँग छलफल गरेरपछि फिर्ता लिएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।
न्यूयोर्क टाइम्सका अनुसार व्हाइट हाउसका अधिकारीहरु जवाफी सैन्य कारबाहीको योजनामा थिए । तर पछि ट्रम्ले आफ्नो मन फेरेका छन् । अमेरिकाको जासूसी ड्रोनलाई खसाइएपछि ईरान र अमेरीकाबीच तनाव झन बढेको छ ।