आज :

सुजाता तामाङको हत्यामा संलग्न रहेको आरोपमा १ जना पक्राउ

पाँचथर । प्रहरीले युवती सुजाता तामाङको हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

गोपेटारको एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी तामाङको हत्या भएको २ दिनपछि प्रहरीले हिलिहाङ-६ का १९ वर्षिय घनेन्द्र लावतीलाई हत्याको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले लावतीका साथबाट ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको छ । हिलिहाङ-६ रातमाटेमा लघुवित्त समूहको बैठकपछि ब्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी उनको यही असार ३ गते हिलिहाङ-६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

अभियुक्त लावतीलाई गाउँमै लुकेर बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal