
काठमाडौं । प्रहरीले भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लखनउका ५० वर्षिय उमेश शुक्ला छन् । प्रहरीका अनुसार उनी बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए ।
तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो । उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।