आज :

कर्णाली नदीमा जीप खस्यो

हुम्ला । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भएको छ ।

मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको याक्चु प्रहरीले जनाएको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु १ ज ७१६६ नं.को जीप कर्णालीमा खसेको साहयक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर सिंहले बताए ।

जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित १६ जना सवार रहेको अनुमान गरिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय हुम्ला र याङचु गाउँपालिका लगायतका ठाउँबाट प्रहरीको टोली पुगेको छ । जीपमा सवार सबैजना बेपत्ता छन् । उद्धारकार्य जारी रहेको र थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal