आज :

ओमनमा नेपाली डाक्टर र नर्सलाई रोजगारी दिने प्रस्ताव

काठमाडौं । ओमनले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ ।

ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव गरेका हुन् ।

‘नेपाली डाक्टर र नर्सलाई ओमनलाई चाहिएको छ,’ भेटमा मन्त्री सादीले राजदुत पराजुलीसमक्ष भने, ‘त्यसका लागि राजदुताबासले आवश्यक सहयोग गर्नु पर्यो ।’ ‘नेपालबाट पनि डाक्टर र नर्सहरु ओमनमा ल्याउनुपर्छ,’ मन्त्री सादीले भने, ‘नेपाल पनि ओमनका लागि स्रोत देश बन्न सक्छ ।’ अहिले ओमनले भारत लगायतका देशहरुबाट डाक्टर र नर्स लैजाने गरेको छ ।

साथै भेटमा मन्त्री सादीले नेपाल र ओमनसँग स्वास्थ्य क्षेत्रबाट पनि सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताएका छन् । ‘हामी देशका स्वास्थ्य र त्यसका प्रविधि साटासाट र अनुभव पनि आदानप्रदान गर्न सक्छौं,’ भेटमा मन्त्री सादी भने ।

जवाफमा राजदुत पराजुलीले जिटुजी मार्फत नेपाली डाक्टर र नर्सहरु ओमन ल्याउन सकिने बताइएकी थिइन् । नेपाल र ओमनबीच छिट्टै श्रम समझदारी हुदैँछ । कतिपय विषय त्यसमा नै समेट्न पनि सकिने राजदुत पराजुलीले बताएकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal