आज :

लागुऔषधसहित ६ जना पक्राउ

म्याग्दी । लागुऔषधसहित बेनीबाट छ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुई जना युवती पनि रहेका छन् । उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका-१ बेगका २१ वर्र्षिय निखिल फगामी, बेनी नगरपालिका-८ की रेजिना श्रेष्ठ र मङ्गला गाउँपालिका-३ बरंजाकी २२ वर्षिय सीता केसी छन् ।

यस्तै बेनी नगरपालिका-९ गलेश्वरका राजकुमार शेरपुञ्जा, बेनी नगरपालिका-८ का २८ वर्षिय विजय बानियाँ र रघुगङ्गा-६ घर भई हाल बेनी नगरपालिका-७ मङ्गलाघाट बस्ने २० वर्षिय प्रविण छन्त्याल रहेका छन् ।

शङ्कास्पद रुपमा हिँडिरहेका उनीहरुलार्ई गस्तीमा रहेको प्रहरी टोलीले शनिबार राति जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो । उनीहरुले लागुऔषध प्रयोगका साथै ओसारपसारमा समेत संलग्न भएको प्रारम्भिक बयान दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal