
रौतहट । गरुडा नगरपालिका-५ स्थित सडकमा लु १ ख ३५६४ नं.को ट्रकले र ना २९ प ४७० नं.को मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार कटहरीया नगरपालिका-१ का २६ वर्षिय सुगन्धि साह र उनको छोरी ५ वर्षिय अम्बिका साहको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।