News Portal

  • ट्याक्टर दुर्घटना, शिक्षकको मृत्यु

    १५९ पटक

    डडेल्धुरा । ट्याक्टर दुर्घटनामा परी डडेल्धुरामा एक शिक्षकको ज्यान गएको छ ।

    जिल्लाको आलिताल गाउँपालिका-८, कुर्जेनियामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा समैजी अधारभूत विद्यालय, आलीतालमा कार्यरत ४० वर्षिय शिक्षक श्याम कलौनीको मृत्यु भएको हो ।

    गोदाम बजारबाट बालुवा लोड गरेर कुर्जेनीतर्फ जाँदै गरेको से २ त २८५० नं.को ट्याक्टर दुर्घटनामा भएको हो । दुर्घटनामा आलिताल गाउँपालिका-८ का पदम राना समान्य घाइते छन् ।

    दुर्घटनापछि चालक धनजित धामी फरार रहेको छन् । उनको खोजी भइरहेको आलीताल प्रहरी चौकीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्