आज :

देशका अधिकांश क्षेत्रको मौसम आजदेखी सामान्य बदली हुने

काठमाडौँ ।
देशका अधिकांश क्षेत्रको मौसम आज आइतबार आंशिकदेखि सामान्य बदली हुने भएको छ पूर्व र पश्चिमका क्षेत्रमा सामान्य बदली मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
यस्तै मध्य क्षेत्रका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षा हुने जनाइएको छ । यस्तै अपराहन्नपछि हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । यसैबिच आज आइतबार पुनः पश्चिमी वायु प्रवेश गरेकाले सुदूरपश्चिमका क्षेत्रमा पूर्ण बदली भएको मौसमविदले बताएका छन् ।
पश्चिमी वायुकै कारण मनसुन भित्री सकेको छैन । मनसुन भित्रीनका लागि पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा बाहिरिनु पर्ने मौसमविद समिर श्रेष्ठले बताउनुभयो ।

सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष ढिला भएको छ । अझै केही दिन भित्रीने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal