आज :

न्युरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ

काठमाडौं ।
काठमाडौंको न्यूरोड क्षेत्रमा आज (आइतबारं)देखि स्मार्ट पार्किङ शुरु हुने भएको छ । यो सशुल्क स्मार्ट पार्किङको आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्ने कार्यक्रम छ ।

केहिदिन अघि परीक्षण स्वरुप सञ्चालन गरिएको पार्किङ प्रभावकारी भएकाले यसलाई विस्तार गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
आजदेखि न्युरोडमा शुरु हुने स्मार्ट पार्किङका लागि ५ स्थानको व्यवस्था गरिएको छ ।

विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ प्रणाली उपलब्ध हुने स्मार्ट पार्किङका लागि महानगरको साझेदार कम्पनी ह्विल्स ट्युली योअर्सले जनाएको छ । यी स्थानमा ८ सय बाइक र ६० वटा गाडी पार्किङ गर्न सक्ने क्षमता रहेको योअर्सका प्राविधिक संयोजक हरिश अग्रवालले जानकारी दिनुभयो ।

स्मार्ट पार्किङमा दुइ पांग्रे तथा चार पांग्रे सवारी साधनले पार्किङ गर्न पाउनेछन् । कम्पनीले एप्स्मार्फत स्मार्ट पार्किङ गर्ने सुविधा समेत ल्याएको छ ।

‘प्रयोगकर्ताले मोवाइलमार्फत ‘park ktm’ एप्लिकेशन डाउनलोड गरी घरमै बसेर पार्किङ बुकिङ गर्न सकिने छ ।

पार्किङ गर्न चाहने व्यक्तिले एप्लिकेशन मार्फत घरमै बसेर पार्किङका बारेमा सुचना लिन सक्नेछन् भने १५ मिनेट अगाडी नै पार्किङ बुकिङ गर्न पाउनेछन् ।

तत्कालका लागि एउटा मात्र एप्लिकेशनको सुविधा भएपनि केही समयपश्चात ई—सेवा, भिसा कार्ड लगायत सिस्टमबाट पनि पार्किङको रकम तिर्न र बुकिङ गर्न सकिने जनाइएको छ। अहिले पेमेन्टका लागि ‘पोस’ नामक मेसिन राखिएको छ ।

शुरुवातमा यी स्थानमा पार्किङ राखिएपनि विस्तारै अन्य स्थानमा पनि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ । यी स्मार्ट पार्किङ राखिने स्थानमा एक पटकमा ८ सय वटा मोटरसाइल र स्कुटर र ६० वटा सवारी साधन पार्किङ गर्न सकिनेछ ।

नेपालमा पहिलो पटक सञ्चालनमा आएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा फरक छ । सेन्सरमा आधारित स्मार्ट पार्किङ सञ्चालन गरिने भनिएपनि विभिन्न कारण छोटो समयमा कम्पनीले पार्किङ गर्न नसकेको बताइएको छ ।

रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोर्डबाट पनि हेर्न सकिन्छ । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहित ६० जना पार्किङ सहयोगी खटिएका छन् । यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ ।

यी क्षेत्रमा पार्किङ गर्दा दुइ पाङग्रे सवारीका लागि प्रति घण्टा करबाहेक २० रुपैयाँ लाग्नेछ । त्यस्तै चार पाङग्रे सवारीका लागि प्रति घण्टा ६० रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal