आज :

अन्धाधुन्ध गोली प्रहार हुदाँ झारखण्डमा पाँच प्रहरीको मृत्यु

काठमाण्डौ ।
भारत झारखण्डको सरायकेला खरसांवामा नक्सलवादीको आक्रमणबाट पाँचजना प्रहरीको मृत्यु भएको छ। शुक्रबार राति नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर र तीन प्रहरी जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम बंगालसँग जोडिएको तिरुलडीह क्षेत्रमा गाडीमा रहेका झारखण्डका प्रहरीमाथि चरमपन्थीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले उल्लेख गरेको छ । कुकड साप्ताहिक हाटबाट फर्किएका प्रहरीलाई कुरेर बसेका नक्सलवादीले आक्रमण गरेका हुन् ।

सरायकेला खरसांवा जिल्लामा पछिल्लो एक महिनामा नक्सलवादीले गरेको यो चौथो आक्रमण हो । झण्डै १८ जनाको समूहमा रहेका नक्सलवादीले प्रहरीको गाडीले घेरेर अन्धाधुन्ध गोली चलाएको झारखण्डका प्रहरी प्रवक्ता एमएल मीणाले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुख्यमन्त्री रघुवर दासले सामाजिक सञ्जाल ट्विटर मार्फत आक्रमणको निन्दा गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal