News Portal

  • करेन्ट लागेर एक युवकको मृत्यु

    २०४ पटक

    काठमाडौं । बर्दियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

    ठाकुरबाबा नगरपालिका वडा नं.८ का ३३ वर्षिय दिलबहादुर चौधरीको मृत्यु भएको हो ।

    ठाकुरबाबा नगरपालिका चिट्कैयास्थित विद्युतको पोल र ट्रान्सफर्मर मर्मत गरी लाइन छोड्दा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पुर्याइए पनि उनको उपचारको क्रममा राति मृत्यु भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्