आज :

जेसिबीको ठक्करबाट कञ्चनपुरमा तीन जनाको मृत्यु

कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज शुक्रबार बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ गइरहेको से १ त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन् । घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मृतकको उद्धार भइरहेको बताउँदै पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताउनुभयो । दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षका जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षका लक्ष्मी बोहरा, उहाँका तीन वर्षका छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षका प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षका सन्तोष लुहार रहेको छन् । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal