आज :

समुद्री आँधीले नेपालमा मनसुन ढिलो हुने

काठमाडौं ।
भारतको गुजरात राज्यमा बढी प्रभाव पार्ने गरी आउने अनुमान गरिएको समुन्द्री आँधीको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । तर, यो आँधीले बाटो फेरेर अरब सागर तिरै फर्किएपछि गुजरातको जोखिम कम हुने अनुमान गरिएपनि नेपालको मनसुनमा भने यसको प्रभाव रहने देखिएको छ । यही आँधीका कारण नेपालमा मनसुन ढिलो हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको हो ।
अरब सागरमा विकसित भएर पश्चिम भारतको तटीय क्षेत्रतिर अघि बढेको शक्तिशाली समुद्री आँधीको मौसमी प्रभाव नेपालमा पर्ने भन्दै नेपालमा प्रायजसो जुन १० बाट शुरु हुने मनसुनमा प्रभाव पर्नसक्ने मौसमविद वरुण पौडेलको बताउनुभयो । मनसुनका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त बादल प्रवेश गर्नुपर्ने बताउँदै पौडेलले अरब सागरबाट केहिदिन अघिदेखि बग्न थालेको आँधीले भारतीय उपमहाद्वीपको मनसुनी प्रक्रियालाई पनि बिथोलिदिएको बताउनुभयो ।

अरब सागरमा आँधी बन्न थाल्दा जलवाष्प पनि त्यतै केन्द्रित भएकाले बङ्गालको खाडीतिर मनसुनको बादल राम्ररी विकसित हुन नसकदा अब वर्षा शुरु हुन समय लाग्ने देखिएको पनि उहाँले बताउनुभयो । हिजोआज नेपालका विभिन्न क्षेत्रमा भइरहको वर्षा भने प्रिमनसुनका कारण भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal