आज :

मोटरसाईकल सिक्ने क्रममा वडा सदस्य महरको मृत्यु

बझाङ । मोटरसाईकल दुर्घटनामा परि वडा सदस्यको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका वडा नं.७ का वडा सदस्य नरेश महरको मृत्यु भएको हो । विहीबार विहान मोटरसाईकल सिक्ने क्रममा उनी घाईते भएका थिए ।

घाईते महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नं.७ को से १ ब ११७७ नं.को मोटरसाइकल वडा सदस्य महरले चलाएका थिए ।

घाईते वडा अध्यक्ष जोशीको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ । मृतक महर विना हेलमेट मोटरसाइकल चलाएको प्रहरीको भनाई छ ।

उनको टाउकोमा चोट रहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दीप ओखेडाले बताएका छन् । गम्भिर घाइते महरको थप उपचारका लागि काठमाडौं लैजानका लागि हेलिकोप्टर मगाइएको भए पनि समयमा नै हेलिकप्टर नपुग्दा उनको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal