News Portal

  • कारको ठक्करबाट घाइते सैनिकको मृत्यु

    १९१ पटक

    हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ सामरी पुल नजिकै बुधबार राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हेटौंडाले जनाएको छ ।

    काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको बा ७ च ३८४८ नं.को कारले हेटौडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नं.को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी घाइते भएका ३० वर्षिय तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको र सोही क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्