आज :

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक जना घाइते

काठमाडौं । आज काठमाडौँ महानगरपालिका-१० बिजुली बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

साइकललाई ठक्कर दिएको बा ४१ प ५३६ नं.को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक ललितपुर महानगरपालिका-१२ घर भएका ३७ वर्षिय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना आज बिहान ४ : ३० बजे भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइकल चालक फरार रहेकाले खोजी भई रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-५ घर भई कोटेश्वर बस्ने २१ वर्षिय नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal