News Portal

  • थाकस अनुशासन तथा जाँचबुझ समिति गठन

    ५६३ पटक

    काठमाडौं । थारु कल्याणकारिणीसभा केन्द्रीय कमिटीले संगठनको कामकाजलाई अनुशासित र चुस्त बनाउन ३ सदस्यीय अनुशासन तथा जाँचबुझ समिति गठन भएको छ ।

    थाकसको हालै बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । समितिको संयोजकमा मानबहादुर चौधरी रहेका छन् ।

    त्यस्तै सदस्यहरु नेमनारायण सिंह (बाँके) र अधिवक्ता रामराज चौधरी (सुनसरी) का रहेका छन् । समितिलाई आवश्यक काम कर्तव्य र अधिकार दिएर सक्रिय बनाइने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्