News Portal

  • प्रहरीलाई वियरको बोतल

    २६० पटक

    काठमाडौं । गस्तीमा रहेको प्रहरी टोलीमाथि वियरको बोतल प्रहार गरेको आरोपमा २ महिलासहित ४ जना पक्राउ परेका छन् ।

    उदयपुरको कटारी नगरपालिका-६, विहीबारेबाट प्रदीप तामाङसहित ४ जनालाई पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्यको नाम खुलाइएको छैन ।

    उनीहरुले प्रहरीलाई भाटासमेत हानेका प्रहरीले जनाएको छ । घटनामा प्रहरी चौकी, रिस्कुबाट खटिएका ३ जना प्रहरी घाइते भएका छन् भने संलग्न एक जना फरार छन् । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार घाइते प्रहरीको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्