News Portal

  • करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

    १३८ पटक

    अर्घाखाँची । पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

    स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    पाणिनी गाउँपालिका-७ झन्द्रेक कोठामा बस्ने उनी माछा मार्ने क्रममा घाईते भई उपचारका क्रममा अस्पताले मृत घोषणा गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्