आज :

अत्यधिक तीव्र गतिमा गुडिरहेको स्कार्पियो रुखमा ठोकियो

काठमाडौं । दुधपाटीबाट सल्लाघारीतर्फ गइरहेको बा १४ प ६३२९ नं.को स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना हुँदा ४ घाइते भएका छन् ।

दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षिय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षिय सुन्दर बस्याल, २० वर्षिय रिसव खत्री र २० वर्षिय अमन केसी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घाइते चारै जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै सैनिक आवासीय माविका सैनिकले घाइतेको उद्धार गरेका थिए ।
घाइतेमध्ये सुन्दरलाई गम्भीर चोट लागेको छ । सुन्दरको निधारलगायतका शरीरका अन्य भागमा चोट लागेको छ ।

स्कार्पियाकोे अगाडिको भागले च्यापिएका सुन्दरलाई निकाल्न ढोका नै निकाल्नु परेको प्रत्यक्षदर्शी भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुले बताएका छन् ।

अत्यधिक तीव्र गतिमा हुँइकिएको सो स्कार्पियोले सल्लाघारीबाट दुधपार्टीतर्फ आउँदै गरेको बा २ ज २७८९ नं.को ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीको अगाडि भागमा सामान्य क्षति भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal