आज :

विश्वकप क्रिकेटमा श्रीलंकाद्वारा अफगानिस्तान पराजित, श्रीलंकाको पहिलो जित दर्ता

काठमाडौं । श्रीलंकाले इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । वेल्सको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १५२ रन मात्र बनाउन सक्यो ।

नाजिबउल्लाह जाद्रनले ४३ रन बनाए पनि टोलीको हार जोगाउन सकेनन् । अफगानिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका नुवान प्रदीपले ४ तथा लसिथ मालिंगाले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अल आउट हुँदै २०१ रन बनाएको थियो ।

वर्षाको कारण ४१ ओभरमा झारिएको खेलमा अफ्गानिस्तानलाई डि.एल पद्दतिको आधारमा १७८ रनको नयाँ लक्ष्य दिइएको हो । जितसँगै श्रीलंकाले २ खेलबाट २ अंक जोडेको छ ।

यसअघि पहिलो खेलमा श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो । जारी विश्वकपमा अफगानिस्तानको भने यो लगातार दोस्रो हार हो । अफगानिस्तान पहिलो खेलमा अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।

विश्वकप क्रिकेटमा आज दुई खेल हुने छन् । भारत र दक्षिण अफ्रिका भिड्दा बंगलादेशले न्यूजिल्याण्डसँग खेल्नेछ । विश्वकप क्रिकेटको जारी १२ औं संस्करणमा भारतको यो पहिलो खेल हो । दक्षिण अफ्रिकाको तेस्रो खेल हो । सुरुवाती २ खेलमा दक्षिण अफ्रिकालाई इङ्ल्यान्ड र बंगलादेशले हराएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal