
जाजरकोट । भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
बारेकोट गाउँपालिका-८ मा सोमबार दिउँसो घाँसकाटेर फर्कने क्रममा ३५ वर्षिय गिताकुमारी खत्रीको भीरबाट लडेर मृत्यु भएको हो ।
लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला सदरमुकाम खलंगा लैजादै गर्दा मृत्यु भएको हो । समयमै उपचारका लागि स्वास्थ्य केन्द्र पुर्याउन नसक्दा मृत्यु भएको स्थानीयले बताएका छन् । घटनास्थलबाट जिल्ला अस्पताल पुर्याउन कम्तीमा ८ घण्टा लाग्छ ।