News Portal

  • काम गर्ने क्रममा स्काभेटरले किचेर मनिषको मृत्यु

    २१८ पटक

    इलाम । स्काभेटरले किचेर माईनगरपालिका वडा-४ का मनिष लुङ्गेली मगरकोे मृत्यु भएको छ ।

    रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ को सानिमा हाईड्रोपावर कम्पनीमा काम गर्ने क्रममा घाइते भएका लङ्गेलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    माई नगरपालिका-२ को इलाम न्युलाईट अंग्रेजी बोडिङ्ग स्कुलबाट एसइई परीक्षा दिएका मगर ४५ दिन अघि बिदाको समयमा कामका लागि रामेछाप गएका थिए ।

    उनलाई कानूनी प्रक्रिया पुरा गरी घर ल्याउने तयारी भइरहेको मृतकका काका टेक बहादुर लुङ्गेलीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्