आज :

बिहे गर्न दबाव दिँदा हत्या

काठमाडौं । प्रेम सम्बन्धका कारण रुपन्देहीमा एक युवतीको ज्यान गएको छ ।

गैडहवा गाउँपालिका-१ स्थित भुजौली बस्ने १८ वर्षिय सबनमको उनकै प्रेमीले हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

गैडहवा गाउँपालिका-१ का २३ वर्षिय असिरुद्दिनसंग प्रेम सम्बन्धमा रहेकी मृतकले अस्लमसंग पटक पटक विवाह गर्न दबाब दिँदै आएकी थिइन् ।

अहिले विहे गर्ने बेला भएको छैन भन्दै असिरुद्दिनले उक्त प्रस्ताव अस्विकार गर्दै आएका थिए । जेठ ३० गते सवनमले आफ्नो प्रेमीलाई बिहे गर्न नमानेको भन्दै २ झापड हिर्काएपछि आवेगमा आएर घर नजिकै एकान्त स्थानमा बोलाई असिरुद्दिनले आफ्नो साथीको सहयोगमा सवनमको हत्या गरी कसैले नदेखोस भनेर घाँसपातले सोही स्थानमा लास छोपेर भागेको प्रहरीको भनाई छ ।

प्राविधिक रुपमा हेर्दा ६ महिना देखि २ जनाबीच बाक्लो फोन संवाद र पटक पटक एसएमएस भएको थियो, तर मोबाइल आफ्नो छोरीसँग छ भन्ने कुरा मृतकको बुवालाई थाहा नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न २३ वर्षिय असिरुद्धिन मुसलमान र हत्यामा सहयोग गर्ने कपिलवस्तुको वाणगंगा नगरपालिका-१० का २१ वर्षिय अस्लाम मुसलमानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal