आज :

अखिल क्रान्तिकारीका उपाध्यक्ष गिरफ्तार, पाँच नेता रिहा  

भक्तपुर । अखिल (क्रान्तिकारी) भक्तपुरका उपाध्यक्ष भुपेन्द्र बुढा मगरलाई प्रहरीले गिरफ्तार गरेको छ ।  को गिरफ्तारप्रति संगठनले घोर भर्त्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) भक्तपुरले सुक्रबार विज्ञप्ति जारि गरी रिहाइको माग समेत गरेको हो।

बिज्ञप्तिमा जनाइएसुक्रबार अनुसार, उपाध्यक्ष बुढा आफ्नै कोठामा अध्यन गरिरहेको अवस्थामा गिरफ्तार गरेको र उनले खाना पकाउने कुकर प्रेसरलाई बम भनि झुट्टा मुद्दा लगाएको समेत संगठनले आरोप लगाएको छ ।

यसअघि कोटेश्वरबाट गिरफ्तार भएका अध्यक्ष चित्रकमल ओली लगायत अन्य गिरफ्तार नेता तथा कार्यकर्ताहरुको रिहाइको समेत विज्ञप्ति मार्फत माग गरेको छ ।
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका ५ नेता अदालतको आदेशमा रिहा भएका छन । केहि दिन अगाडी जेठ १० गते एनसेल र बालुवाटार जग्गा प्रकरणका बिरूद्ध प्रदर्सनको क्रममा शान्ति बाटिका बाट गिरफ्तार भएका थिए ।

रिहाइ हुनेहरुमा केन्द्रीय सचिवलय सदस्य बिरेन्द्र लुहार, ललितपुर जिल्ला उपाध्यक्ष रमेश सुनार काठमाण्डौ क्याम्पस जिल्ला सचिव तारा सञ्जाल र सदस्य बुद्धहाङ राई आज सर्बोच्च अदालत बाट रिहा भएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज बिरेन्द्र बिकले जानकारी दिएकाछन । उनले भनेका छन दलाल सरकार लगायको झुटो मुद्दा खारेज गरि कमरेड हरु रिहा हुनु भएको छ ।

उता पाल्पा बाट २६ दिन अगाडी गिरफ्तार भएका अखिल क्रान्तिकारी पाल्पा जिल्ला अध्यक्ष गैरे पनि आजै रिहा भएका छन । उनलाइ बिना कारण गिरफ्तार गरी २६ दिन हिरासतमा राखिएको क्रान्तिकारी लुम्बिनीले जानकारी दिएको छ।

रमेश सुनार

क्रान्तिकारीका नेता बिरेन्द्र बिकले न्यायपुर्ण आन्दोलन गर्दै गर्दा गिरफ्तार हुनु भएका आस्थाका बन्दिहरुलाइ रिहाइ गर्न पहल गर्नु हुने सम्पुर्ण पार्टी पंक्ति,संगठनका साथीहरू, मानबअधिकार कर्मी,कानुन ब्याबसायी पत्रकार लगायतलाइ धन्यवाद समेत व्यक्त गरेकाछन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal