आज :

प्रतिवेदन बुझाएपनि रबिलाई थप तीन महिना थुनामा राख्ने सरकारको तयारी, आज म्यादको लागि अदालतमा उपस्थित गराइँदै

  • अनलाइन डबली

काठमाडौँ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अझै हिरासतमै राख्ने सरकारले तयारी गरेको छ । त्यसको लागि अन्य जिल्लामा थुनछेकको लागि भन्दै म्याद थपेर थुनामै राख्ने तयारी भइरहेको छ ।

पछिल्लो पटक थप भएको ५ दिनको म्याद सकिएपछि आज प्रहरीले रविलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रविविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्ने सरकारी वकिल कार्यालयले तयारी गरिरहेको बताइएको छ ।

प्रहरीले रविविरुद्ध संगठित अपराध, सम्मत्ति शुद्धीकरण र सहकारी ठगी प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको छ । कास्की प्रहरीले रविसहित ५१ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन आइतबार पेश गरेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा रविविरुद्ध अभियोग पत्र दायर गर्ने सरकारी कार्यालयले तयारी गरिरहेको छ ।

अन्य जिल्लामा घुमाएर रविलाई अझै तीन महिना थुनामै राख्न लागेको भन्दै रास्वापका नेताहरुले सरकारको विरोध गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal