आज :

गुरुङ समुदायले आज तमू ल्होछार मनाउदै , यस वर्षको सर्वाधिक छोटो दिन र लामो रात

  • पदम श्रेष्ठ

पुस १५ गतेलाई वर्षको सर्वाधिक छोटो दिन र लामो रात गुरुङ समुदायले तमू ल्होछार मनाउँछन् । तमू ल्होछार तिथियुक्त नभएको र जन्ममृत्यु कर्मकाण्ड गणना गर्न नमिल्ने भएपछि । श्रङ्चङ्गम्पोको तिब्बतमा उदयसँगै उनले भाषा, लिपि ,धर्म, संस्कृतिक अभियान थाल्दा नेपाल, भारत र तिब्बतका विद्धान् भेला भई महिनाभर हर्षोल्लासपूर्वक ल्होछार मनाए ।
ड्ड माघ शुक्ल प्रतिपदादेखि शुरू भएको सोनाम (जनता)ल्होछार तामाङ समुदायले मनाउँछन् ।
ड्ड एक महिनापछि राजाले समापन गरेको दिनलाई ग्याल्बो ल्होछार भनी शेर्पा समुदायले मनाउँछन ।
शाक्यमुनि गौतम बुद्धभन्दा अगाडिको बुद्ध महापरिनिर्वाण हुन लाग्दा जुन–जुन जनावर पहिलोपल्ट दर्शनमा पुगे उसैको नाउँमा वर्षको नाउँ राखिएको बताइन्छ । तर २८४४ वर्षअघि महामञ्जुश्रीले तिथि गणना ज्योतिष शास्त्रअनुरूप गरिएको हुँदा माघ प्रतिपदाका दिन मनाइने लाई सोनाम ल्होछार भनिए । ल्होछार नेपाल, चीन, तिब्बत, भारतको लद्दाख, मङ्गोलिया, जापान,कोरिया, हङ्कङ, भियतनाम, लाओस्, थाइल्यान्ड, ताइवान, मलेरिया, सिंगापुरआदि मुलुकमा मनाइन्छ । नेपालका तामाङ, गुरुङ, शेर्पा, ह्याल्मो, मनाङे, डोल्पाली, तोप्केगोला, सिङ्सा, ताङ्वे, थकाली, खाममगर, दुरा, भोटे, नेस्याङ्वालगायतले ल्होछारलाई नयाँ वर्षका रूपमा मनाउँछन् । बुद्धको महापरिनिर्वाण हुनुअघि संसारका प्राणीलाई भेला गराई धर्मदेशना दिंदा जीवा (मुसा), लाङ (गोरु), ताग (बाघ), योअी (खरायो), ड्रग (ड्रागन), डुल (सर्प), ता (घोडा), लुग (भेडा), टेप्रे (बाँदर), ज्या (डाँफे), खी (कुकुर) ,फागु (सुँगुर) क्रमशः भेला भएको भनाई छ ।
तमु ल्होछार वा लोसार मनाउने तरिका
खेला, वेनेला, नाम्दुङला, दुगुला, डोवाफ्रेला, ब्याल्बोला, गोनेला,
यान्देला, म्हेनीङला, सोकरातीला, बोअीतापाला, तापाला
गरी १२ महिना नाउँमा पुकारिने ल्होसार एक महिनाअघि वर्ष दिनभित्र नसकिएका काम पूरा गर्न,अप्रिय घटना नदोहोरियून् भनी प्रार्थना, गाउँ–टोल, बाटोघाटो, आँगन,चौतारा, पानी–पँधेरो, गोठआदि सफा, मर्मत गर्ने गर्दछन् । खेतीपाती राम्रो होस् भनी बीउ विजन पानीमा भिजाई जमरा राख्ने र पुरानो वर्षको अन्तिम दिन गुम्बामा दीपावली हुन्छन् । लामा गुरुबाट मारमाथि विजय प्राप्तिका लागि मुकुण्डो नृत्य, टुसा आएको जमरा राखी गुम्बामा बुद्धलाई चढाउने, भोज खाने गर्दछन् भने वर्षको अन्तिम रात ११ बजे नराम्रा कामका प्रतिक ल्होकोर च्युङ्बी बनाएर मन्छाउने गर्छन् । नयाँ वर्षको दिन घरमूली जेठोबाठोले बिहान सवेरै नुहाएर घरमा भएको लाखाङ (छ्योअीखाङ) बुद्धको कुथाङका चोखो पानीले पूजा गर्दछन् । सो पूजामा फलफूल, कन्दमूल उसिनेको आलु, भ्याकुर, तरुल, खाप्से गेङ्ग बाबर, गेड्ढ (एक प्रकारको रोटी) पक्वान्न राखी साङसेरग्याम भगवान् र पुर्खालाई धन्यवाद चढाउँन भूमिपूजा, प्रीतिभोज गरी मनाउँछन् ।
ल्होछारमा प्रयोग हुने खाद्य परिकार
१)दुची (दुइचे)डारसुम ः चिनी, सख्खर, महको गुलियो मिलाएको सर्वत ।
२)कारसुम. दुध, दही, नौनीघिउ तीन पोषिलो खाद्य परिकार ।
३)सेरसाङ.ः फलाम, तामा, सुन, चाँदी पवित्र रत्न पखालेको पानी ।
४)छेमार (फेम्बर) ः दुइचे ,दुचीको आधा भागमा मकै, गहुँ वा चामलको सातु ।
५)खाप्से.ः गहुँ, जौ, चामल वा पीठो, चिनी, घिउसँगको परिकार ।
६)बल्डु. तीते फापर,फापर, कोदोको पीठो मुछेर पकाएको पानीरोटी
७) कन्दमूल. तरुल, भ्याकुर, वनतरुल, सखरखण्ड आदि ।
८)फलफूल. सुन्तला, बदाम, नरिवल आदि ।
९) मासु. राँगा, सुँगुर गाई, गोरु, कुखुरा ।
१०) गुथग्पा. नौ थोकको खानाभित्र भाग्य चिन्ने शुभ चिह्न राखिन्छ ।
जस्तै– गोल, खुर्सानी ।
तमु गुरुङ कस्लाई भनिन्छ ?
छोटा–मोटा पिंडौंला, नयन, नङ, नसा केही भित्र गएका,,,
गाला केही उठेका, गर्दन पिठ्युँ, छाती चेप्टो भएका,
भुसतिघे्र, विध्न सुरा गुरूङहरू सबै वैरीलाई भगाई,,,
गादो पारी खुकुरी भिरीकन हिंड्छन् टोपी कालो लगाई ।।
कवि शिखरनाथ सुवेदीले नेपालका जनजाति पुस्तकमा गुरूङ नश्लबारे यसरी कवितात्मक वणर्न गर्ने क्रममा शारीरिक बनोटको एउटा पक्ष छुटाएछन् । मगरको दाह्री–जुँगा आउँदैन, भनिएझैं गुरूङ नश्ललाई ठ्याक्कै छुट्याउने ठाडो–ठाडो कडा कपाल । बुद्धका अनुयायी,मनमा पाप–छलरहित,कडा तर स्पष्ट बोलीका गुरूङ आफुलाई तमू भन्छन् । मनाङ,मुस्ताङ,गोर्खा, लमजुङ, तनहुँ,पर्वत, स्याङ्जा, कास्की क्षेत्रलाई ऐतिहासिक रुपमा तमुवान भनिन्छ । गण्डकी क्षेत्रले उत्तरमा मुस्ताङको कोरेला,दक्षिणमा नवलपरासीको त्रिवेणी, पूर्व सिन्धुपाल्चोकको गल्फु भञ्ज्याङ र पश्चिम गुल्मीको वालकोटलाई समेटेको छ । तमुलाई गुरूङ भन्ने शब्द मगर भाषाबाट आएको बताईन्छ । मगर भाषामा हरियो सागलाई गान र पानीलाई डि भनिन्छ । हरियो साग जस्तो देखिने गण्डकी सभ्यताले ओगटेको स्याङ्जा गह्रौ राज्यबासीलाई गुरूङ भनिएको बताईन्छ । भनिन्छ, जसरी तामाङ,थकाली र गुरूङको नश्ल एउटै मानिन्छ,,त्यसैगरी मगरभित्रका गुरूङ छाने आले, थापा र राना एउटै नश्ल हुन् । वंशावलीमा गुरूङदीबाटै गुरूङ र मगर छुट्टिएकोउल्लेख छ । गुरूङलाई अर्को शब्दमा तमु (फलाम)को हतियार लिएर हिड्ने जाती भनिन्छन् । चीनका वादशाह चङगेन खाँको अर्को नाम‘तमुजिन’हो । त्यसैले तमु,,गुरूङहरू चीनको तिब्वतहुँदै नेपाल प्रवेश गरेको बताईन्छ ।
एक भनाइ छ, लामा पढ्नेले लामा राखे तर लामा पढ्न नपाउनेले
ग्रोङ वा रोङ नै गुरूङ भनिदा भनिदै गुरुङ हुन गएको हो ।
लामा पढ्न पाईने थर ः
क – डिम्डुङ,हिम्डुङ,मम्बा,बल,दोङ,वाइवा,गोले,बच्यु,घिसिङ,मोक्तान,पाख्रिन र ब्लोन
ख – गुरूङको उद्गमस्थल सिक्लेसमाथि घोला,गोर्खाको वारपाक, घनपोखरा हो ।
ग – गुरूङको खास अर्थ फलामको बन्चरो लिई हिंड्ने लडाकू जाति हो ।
३) गुरुङको भाषा, जातथर धर्र्र्र्र्म
चार जाते गुरुङ ः घले,घोदाने,लामा र लामिछाने ः लेकमा बसी पशुपालन गर्दछन् । सोह«थरे गुरुङ ः ध्याब्रे, क्यावछे, कुरुमछे,जिंग्रे, दोर्जाली, रिमाल, फोज, चोर्मी,पोम, थिं,मगि,पैजी,खत्रायोज,खोलाली गुरुङगको पेशा खेतीपाती मानिन्छ ।
गुरुङगको लिपि ः तामाङले तीब्वती लिपिबाट तामगाई लिपि विकास गरेजस्तै गुरुङले बालनरसिंहको अगुवाईमा तमु लिपि विकास गरे । तर तमु परिषदले भने रोमन लिपिलाई अधिकारिक बनाए । विदेशी सेनामा धेरैले तमु जाने भएकोले ।
कर्मकाण्ड संस्कार ः ध्याब्रे,लामाबाट कर्म चलाउने गुरुङ सिमेभुमे–(माता पिता),सिल्दो नाल्दो वोन देवता पुज्छन ।
४)तमु पहिचानका नृत्य गान ः तमु गीत संगीत नृत्यको नाउँ लिनुपर्दा घाटु, सोरठी, घुण्डी, रोदीलाई लिईन्छ । आठौं शताव्दी अर्थात आजभन्दा १४सय वर्ष अघि तामाङ,,गुरुङ र थकाली सवै वोन धर्म मान्थे । यीनिहरु धामी,झाक्री,
बलीपूजामा विश्वास राख्थे । जव तिब्वती राजा थिरुङ देउचनको राज्यमा तिब्वत पुगेका पद्मसंभवले महायानी बौद्ध धर्मको व्यापक प्रचार गरे । हो त्यसैबेला देखि यी समुदायले बली दिनु नहुने परम्परा विकाश हुँदै जान थालेको बताईन्छ ।
अन्तिम मृत्यु संस्कारः ग्रह नक्षत्र हेरेर अन्तिम संस्कारको मुहुर्त निकाल्ने गुरुङ समुदायमा १३ दिनेले एक वर्षसम्म बर्खी बार्दछन् । मुर्दा गाड्दा साझा चिहानको व्यवस्था रहेको गुरुङमा चार दिनसम्म लासलाई पयँ(अर्घौ) गर्नै गरिन्छ । गुरूङको मूल धर्म÷बोन बौद्ध ः
गुरूङ समाज पुरोहितबादी होइनन । प्राकृतिक नदी नाला, डाँडा, रूख, ढुङ्गा, पानी, दिवंगत पूर्खालाई पुज्ने किरातसँग मिल्दछ । तिब्बतमा भृकुटी र अरनिकोबाट बुद्ध धर्मले व्यापकता पाएपछि गुरूङमा प्रभाव परेको बताईन्छ । तर कास्कीका ठकुरी राजा जगतिरवान साहीले गुरूङ राज्यलाई अधिनमा ल्याएपछि राज्यसत्तासँग नजिकका तमुहरुले हिन्दुस्थानी धर्मलाई आत्मसाथ गरे भने लामा ध्याव्रे पुुजारी राखी अर्घौ गरी कुलधर्ममा रहने मैलो गुरूङलाई सेनामा भर्ना नलिने तर ब्राम्ह्णपुजारी मार्फत दशकर्म गर्नेलाई सुकिलो वर्णभनी सेनामा भर्ना लिए ।
तमुवानको भूमिव्यवस्था ः जस अनुसार जग्गाको सवालमाः
१) दाईले भाई नचिन्ने । २) धनीले निर्धन । ३) बलियाले निर्वलियो नचिन्नु ।
४ ) थापा, राना रैतीले गालेको जग्गा विर्तावाल उमराले नचाप्नु ।
यी बुँदाले तमु गुरूङ जनवादी राज्य व्यवस्थाका पक्षधर खुल्दछ ।
गुरुङको नालसभा र संघिय संरचनाः रोधीमा नाचगान र समस्याबारे छलफल हुन्छ,गुरुङ नालसभामा । जसकालागि मस्र्याङ्दीदेखी पूर्व,चेपे नदिदेखि पश्चिममा चारवटा नालसभा र मस्र्याङ्दीदेखि पश्चिम मादीनदि पूर्वमा चारनालसभाको सामुहिक सभा च्यनासभा छ । पश्चिम लमजुङको चारनालसभा घलेगाउँमा बस्थेभने आठै नालसभाको सर्वोच्च सभा स्यारग्यु–(बाग्लुङपानी) थियो । गुरूङ(तमु) का आदिम पुरोहित (पज्यु)ले भत्याउने लेमको÷पे अर्थात कथाबाट बुझ्न सकिन्छ,ती नालसभाले जग्गा÷जमिन विवाद,कुलोखर्क निर्माण वा महभीर प्रयोग,माछाको रह,बाटो बनाउन छलफल गर्दछन् । कथन अनुरूप सान्थागारद्वारा चुनिएका घले राजा क्ह्याल्बुरूजुले मन्त्री लेककोंलाई अह«ाएछन् र भनेछन्–देशमा अग्लोको होचो र होचोलाई अग्लोगरी मुलुकमा न्याय समानगरी ल्याउनु,,मन्त्रीलेपनि राजाको आदेश मुताविक धनीसँग लिएको कर गरीबमा बाँढेछन् । तर आफ्नै मामा चिमिउडुकी छोरीसँग विवाह गरेकाले घट्ट थापेको अन्नको कर नलिई छाडेछन् । जनताले त्यो कुरा सान्थागार नालसमामा पु¥याए । तथ्यबुझि जनमत अनुरूप मामामाईजुसँग कर उठाएछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal