आज :

कलंकी–कोटेश्वर सडकमा तीब्र गतिमा गाडी हाँके अब कारबाही हुने

काठमाडौं । हालै निर्माण भएको चक्रपथस्थित कोटेश्वर–कलंकी सडकमा तीब्र गतिमा सवारी हाँक्न नपाइने भएको छ । ट्राफिक प्रहरीले सो सडकखण्डमा यातायातका साधनको गति सीमा निर्धारण गरेको जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार अब सवारी चालकले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी हाक्न पाउने छैनन् । यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको छ ।

सोमबारदेखि कोटेश्वर कलंकी सडकखण्डमा सवारी साधनको गति मापन सुरु गरिएको भन्दै प्रहरीले तोकिएको सीमा उलंघन गरेर सवारी चलाइए यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४(६) बमोजिम कारबाही हुने जनाएको छ ।
तीब्र गतिकै कारण सो सडकखण्डमा एकपछि अर्को गर्दै दुर्घटना बढ्न थालेपछि नयाँ नियम ल्याइएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal