आज :

विष्फोटक पदार्थसहित एक नेपाली भारतीय नाकामा पक्राउ

काठमाडौं । भारतबाट नेपालतर्फ आउँदै गरेका एक नेपाली युवा विष्फोटक पदार्थसहित भारतको पानीटेंकीमा पक्राउ परेका छन् ।

पानीटेंकीबाट काँकडभिट्टा नाकातर्फ प्रवेश गर्न लागेका भोजपुर-९ खैराङका ३३ वर्षिय श्रीप्रसाद राईलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पानीटेंकी नाकामा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले उनलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । उनको साथबाट विष्फोटक पदार्थ नियोजेल (९०) को ४० प्याकेट, १०० थान विद्युतीय डेटोनेटर, नेपाली नागरिकताको परिचयपत्र, मोबाइल फोनलगायतका सामग्री बरामद गरिएको एसएसबीले जनाएको छ ।

उनी मेघालयको सिलङबाट नेपाल फर्कंदै थिए । सिलोङमा अध्ययनरत छोरीलाई भेट्न गएर फर्किएको उनले भारतीय प्रहरीलाई बताउँदै आएका छन् ।

उनले बोकेको कालो झोला चेकजाँच गर्दा विष्फोटक पदार्थ फेला परेको एसएसबीका कमाण्डर राजीव राणाले बताए । उनलाई आवश्यक कारबाहीका लागि खोडीबारी पुलिस थाना बुझाइएको छ । उनी पक्राउ परेकोबारेमा एसएसबीले आफूलाई जानकारी गराइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal