News Portal

  • हाईड्रोपावर अवलोकन गर्न पुगेका विद्यार्थीको डुबेर मृत्यु

    १८३ पटक

    खोटाङ । साप्सुखोला हाईड्रोपावर अवलोकन गर्न पुगेका २ विद्यार्थीको मृत्यु भएको छ ।

    खोलाको दहमा डुबेर उनीहरुको मृत्यु भएको हो । सिटिइभिटी क्याम्पस खोटाङबाट साप्सुखोला हाईड्रोपावर अनुगमन तथा भ्रमणको लागि स-ओभरसियर अध्यनरत ४० जना विद्यार्थी र २ जना शिक्षक पुगेका त्यहाँ पुगेका थिए ।

    सोही टोलीमा रहेका दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले बस्ने १९ वर्षिय एलिस बस्नेत र १९ वर्षका बिक्रम भट्टराई रहेका छन् । पौडी खेल्ने क्रममा साप्सु खोलाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्