आज :

मिडिया काउन्सिल विधेयक पारित हुन नदिने

चितवन । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले ल्याउन खोजेको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताएका छन् ।

बहुमतको आधारमा संविधानको प्रस्तावनाविरुद्ध सदनबाट मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई अगाडि बढ्न नदिने बताए । पत्रकार सम्मेलनमा उनले विधेयकलाई नागरिकले प्रेस र सञ्चारकर्मीसँग सम्बन्धित विधेयकको रुपमा बुझेको उल्लेख गर्दै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको विषय भएको बताए ।

मिडिया काउन्सिल विधेयकभन्दा पनि खतरनाक मानिएको सूचना प्रविधि विधेयक संसदमा छलफल चलिरहेको उल्लेख गर्दै सबै विधेयकहरु नेपालको सत्तामाथि प्रश्न उठाउने अधिकार पाएको नागरिकको हक र अधिकारलाई कुण्ठित पार्ने खोस्ने उद्देश्यले ल्याइएकाले सदनबाट पारित हुन नदिने बताए ।

उनले नेपालको शासनको स्वरुप गणतन्त्रात्मक भएपनि शैली पुरानै हुदा गणतन्त्रप्रति नेपाली जनतामा तीव्र असन्तुष्टि बढेको र पछिल्लो निर्वाचनले गणतन्त्र सुरक्षित हुने अपेक्षा रहेपनि झनै असुरक्षित नहोला भन्न नसकिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal