आज :

तिर्थराजको हत्यापछि विप्लवको कडा विज्ञप्ति, जेठ १३ गते नेपाल बन्द (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव विप्लवले विज्ञप्ति जारी गरेर जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा पुगेका  तीर्थराजलाई प्रहरीले गिरफ्तार गरेर हत्या गरेको भन्दै विप्लवले आपत्ति जनाएका छन् ।

आफ्नो पार्टीका नेता-कार्यकर्ताको हत्या र दमन अभियान चलाएर जनतामा पैदा भएको आक्रोसलाई न्यूनिकरण गर्दै अक्षमता लुकाउन सामान्य राजनीतिक कार्यक्रममा हिडेका तिर्थराजको हत्या गरेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । नियन्‍त्रणमा लिएर हत्या गरेर भिडन्तको नाटक गरेको विज्ञप्तिमा उल्लेख छ ।

”केपी ओलीको सामाजिक फासीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ । हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ” विज्ञप्तिमा भनिएको छ ।

विप्लवले हत्याको साहारा लिएर कुनै मुक्ति अभियान नरोकिने बताउँदै हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।

जनघाती, राष्ट्रघाती, भ्रष्टचारी केपी—पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध हाम्रो पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालकालागि तपसिलको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न विप्लवले अपील समेत गरेका छन् ।

तिर्थराजको हत्याको विरुद्धमा नेकपाले संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ । भण्डाफोर, कोणसभा, मसाल जुलुस र नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।

संघर्षका कार्यक्रमहरुः

१. १० र ११ गते भण्डाफोर, कोणसभा

२. १२ गते देशव्यापी मसाल जुलुस

३. १३ गते नेपाल बन्द

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal