काठमाडौं। ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिना रिहा भएका छन् । बैशाख २ गते काठमाडौंको बालाजुबाट पक्राउ परेका कवी अदालतको आदेशपछी शुक्रबार रिहा भएका हुन्।
चिया पिउँदै साहित्यिक बहस गरिरहेका उनलाई बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरीको सादा पोसाकको एक टोलीले बैशाख २ गते पक्राउ गरेका थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै कविलाई पक्राउ गरिएको वताइएको थियो । उनको गिरफ्तारीलाई लिएर कवि, साहित्यकार, लेखकहरुले सरकारी कदमको बिरोध जनाएका थिए ।
रिह भएलगत्तै कविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – “सम्मानित र अति नै न्यायिक न्यायाधीश बासुदेव न्यौपानेको इजलासबाट रिहा भइयो । अभिव्यक्ति स्वतन्त्रताको यो अभियानमा साथ दिने सवै प्रती हार्दिक आभार ।”
About us
डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।