
काठमाडौं । सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका २ पत्रकारलाई रिहा गरिएको छ ।
म्यानमारमा ६ हजार ५२० कैदीलाई रिहा गर्ने क्रममा ती दुई पत्रकार रिहा भएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । याङ्गुनसँग आवद्ध ति पत्रकार वा लोन र क्याव सोए ओओलाई सन् २०१८ को सेप्टेम्बरमा ७ वर्ष केैदको सजाय सुनाइएको थियो ।
म्यानमारको परम्परागत नयाँ वर्षको उपलक्षमा गत महिनादेखि २३ हजार १९ जना कैदीलाई रिहा गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।