आज :

जागरण अभियानका लागि जिम्मेवारी बाँडफाँड

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

बैशाख २५ देखि हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्न लागेको कांग्रेसले आज सानेपामा पत्रकार सम्मेलन गर्दै ७ वटै प्रदेशमा केन्द्रीय पदाधिकारीहरुले कमाण्ड गर्ने जानकारी दिएको छ ।

जस अनुसार सभापति शेरबहादुर देउवा प्रदेश ३ को काठमाडौंमा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को धनुषामा कमाण्ड गर्ने छन् । प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदार, गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश ५ को रुपन्देहीमा महामन्त्री डा. शंशाक कोइराला, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले कमाण्ड गर्ने भएका छन् ।

७७ वटै जिल्लामा एकै साथ उदघाटन हुने अभियान विदेशका ३३ स्थानमासमेत हुने जनाइएको छ । १२ भाषामा जागरण गीतसमेत सार्वजनिक गरिएको छ ।

अभियानका क्रममा नेताहरुले स्थानीय जनताका गुनासा र सुझाव सुन्नुपर्ने छ । तीन चरणमा हुने अभियानले पार्टीमा उर्जा आउने र जनता माझ पार्टी उभ्याउन सहयोग हुने विश्वास कांग्रेसको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal