
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट एक सुन तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् ।
तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको बताइएको छ ।
उनको साथबाट ३० तोला सुन बरामद भएको जानकारी दिँदै बोगटीले उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।