News Portal

  • अवैध कपडासहित केराउ बरामद

    २२५ पटक

    सिरहा । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले २० लाख मूल्य बराबरको कपडा र केराउ बरामद गरेको छ ।

    प्रदेश २ का प्रहरीका अनुसार ५० किलो ग्रामको ४ सय ४० केराउको बोरा सोमबार विहान ८ः३० बजे सिरहा नगरपालिका-१७ स्थित सञ्जिब साहको गोदामबाट भारततर्फ लैजान लागिएको अवस्थामा बदामद गरिएको हो ।

    उक्त केराउको मूल्य अन्दाजी १० लाख २८ हजार रुपैयाँ रहेको छ । त्यस्तै आइतबार अपराह्न ४ बजे विरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार छली ल्याएको भन्ने गोप्य सूचनाको आधारमा १० लाख ५० हजार बराबरको विभिन्न परिमाणको कपडा बरामद गरिएको छ ।

    यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्