आज :

स्थायी राजधानी कायम गर्न माग

विराटनगर । प्रदेश नं.१ को राजधानी विराटनगर कायम गर्न माग गर्दै विराटनगर महानगरपालिका बन्द आह्वान गरिएको छ ।

आज विराटनगर नागरिक संघर्ष समितिको आह्वानमा बन्द गरिएको हो । प्रदेशको राजधानीका संरचना विकेन्द्रित रूपमा राख्न खोजिएको भन्दै संघर्ष समितिले विराटनगरलाई नै राजधानी कायम गर्न माग गर्दै बन्द गरेको हो ।

बन्दले बिहानैदेखि जनजीवन प्रभावित छ । यातायातका साधन चल्न सकेका छैनन् । शिक्षण संस्थाले आकस्मिक रूपमा बिदाको घोषणा गरेका छन् ।

प्रदेशसभामा हिजो दर्ता भएको राजधानीबारेको प्रस्तावमा राजधानी विराटनगर रहने भनिए पनि व्यवस्थापिका, कार्यपालिका विराट क्षेत्रअन्तर्गतका इटहरी, सुन्दर हरैंचालगायत स्थानमा राख्नुपर्ने भनिएको थियो ।

विराटनगरबाट राजधानी अन्यत्र लान खोजिएको भन्दै दबाब दिन बन्द आह्वान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal