आज :

इरानी राष्ट्रपतिको भाईलाई अनिश्चितकालीन जेल सजाय

काठमाडौं । इरानका राष्ट्रपति हसन रुहानीका भाइ हुसेन फेरेडोउनलाई अनिश्चितकालीन जेल सजायको फैसला भएको छ ।

भ्रष्टाचारको अभियोगमा उनलाई सजाय स्वरुप अनिश्चितकालीन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

“कतिपय आरोपमा उनीबाट गल्ती नभएको देखियो, तर अरु धेरै आरोपहरु पुष्टि भएकाले उनलाई कारागार राख्न आदेश दिइएको छ,” अदालतका एक जना कर्मचारी हमिद्रेज होसेनीले बताएका छन् ।

सन् २०१५ मा भएको आणविक सम्झौतामा राष्ट्रपतिको विश्वास पात्रका रुपमा हुसेन संलग्न रहेका थिए । उनले आफूविरुद्ध लागेको अभियोगको अस्वीकार गर्दै माथिल्लो अदालतमा जाने जानकारी दिएका छन् । उनले आफूलाई पूर्वाग्रहीपूर्ण तरिकाले फसाउन लागिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal