आज :

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई हानियो थप्पड

काठमाडौं । दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् ।

चुनावी प्रचारका लागि रोड शो गर्दै रहेका समयमा केजरीवाललाई ३३ वर्षिय सुरेशले थप्पड हानेका हुन् । शनिवार पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा पार्टीका उम्मेदवार बलबिरसिंह जाखडसँग चुनाव प्रचारमा रहेकै बेला केजरीवाललाई हातपात गरिएको हो ।

छत नभएको जीपमा चढेर केजरीवाल र जाखडले रोड शो गरिरहेका बेला ति व्यक्ति जीपको अगाडीपट्टी चढेर केजरीवाललाई थप्पड हानेका थिए ।
आम आदमी पार्टीले आक्रमण भारतीय जनता पार्टीले गराएको आरोप लगाएको छ । आपले ट्वीट गर्दै आक्रमण अरविन्द केजरीवाललाई मात्र नभई दिल्ली र यसको जनमतमाथि भएको जनाएको छ ।

दिल्लीमा १२ मे मा मतदान हुँदैछ । भारतमा संसदका लागि निर्वाचन चलिरहेका छ । यस क्रममा नेताहरुमाथि यस्ता खाले दुब्र्यवहारको घटनाहरु एकपछि अर्को हुँदैछ ।

दिल्लीका सरकारका मन्त्री मनीष सिसोदियाले भाजपा अध्यक्ष अमित शाह र भाजपा नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदी केजरीवालको हत्या गराउन चाहन्छन् भन्दै प्रश्न गरेका छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal