आज :

चिर्पट प्रहारबाट आफ्नै बाबुको हत्या

काठमाडौं । पश्चिम नवलपरासीमा चिर्पट प्रहार गरेर एक युवकले आफ्नो बाबुको हत्या गरेका छन् ।

सरावल गाउँपालिका-२, दंगिया बस्ने २२ वर्षिय जब्बर मुसलमानले शुक्रबार राति ४५ वर्षिय बाबु अलाउद्दिनलाई सुतिरहेका बेला चिर्पट प्रहार गरेका थिए ।

जब्बरको मानसिक सन्तुलन ठीक नभएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । चिर्पट प्रहारबाट अलाउद्दिनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

मानसिक सन्तुलन बिग्रे पनि बाबुले हरेक दिन छोरासँग झगडा गर्ने गरेको स्थानीयले बताएका छन् । त्यसदिन पनि झगडा भएपछि अलाउद्दिन सुत्न गएका थिए ।

आवेगमा रहेका जब्बरले एक्कासि सुतिरहेको कोठामा गएर चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको हो । हत्या भएको जानकारी पाएर प्रहरी जाँदा अभियुक्त जब्बर घरमै टोलाएर बसेका थिए ।

उनलाई आवश्यक अनुसन्धानसहित कारबाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal